निमोनियाको यस्ता हुन्छन् लक्षण, कुन अवस्थामा डाक्टरको सम्पर्कमा जाने

एजेन्सी, २८ बैशाख । निमोनिया एक गम्भीर रोग हो । यो रोग लागेमा फोक्सो सुनिन्छ र फोक्सोमा पानी जम्छ । समयमा नै लक्षणको पहिचान गरेर उपचार सुरु नगरे यो रोगले गम्भिर रुप लिन सक्छ । निमोनिया मुख्य रुपमा विषाणु वा जीवाणुको सकंमणबाट हुन्छ । यो ब्याक्टेरिया, भाइरस वा पेरासाइट्सको कारण पनि हुन्छ । यसको साथै सुक्ष्म जीव, औषधी र अन्य रोगको कारणबाट पनि हुन्छ ।

 

 

निमोनिया खासगरी ५ वर्ष भन्दा तल र ६० वर्ष भन्दा माथिका उमेर समुहलाई हुने सम्भावना धेरै हुन्छ । किनकी उनीहरुको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

 

यस्ता हुन्छन् निमोनियाको लक्षण

 

 

निमोनिया हुँदा फ्लु जस्तो लक्षण महसुस हुन्छ । यो लक्षण विस्तारै–विस्तारै तिव्ररुपमा विकास हुन्छ ।

निमोनियाको मुख्य कारण खोकी हो ।

रोगीले कमजोर र थकाई महसुस गर्छन् ।

बिरामीलाई ज्वरो आउनुको साथै पसिना आएर काम्ने पनि गर्छन् ।

बिरामीलाई सास लिन कठिनाई भएर तिव्ररुपमा सास लिन थाल्छन् ।

छातीमा दुखाई हुन्छ ।

बेचैनी महसुस हुन्छ ।

भोक कम लाग्छ ।

निमोनिया हुँदा साना बच्चामा देखिने लक्षणहरु

साना बच्चाहरुलाई ज्वरोसँगै पसीना आएर काम्न थाल्छन् ।

बच्चाहरु जब धेरै खोक्न थाल्छन् ।

हेर्दै अस्वस्थ देखिन्छन् ।

खाना खान मान्दैनन्, भोकै महसुस हुँदैन ।

निमोनिया बैक्टीरियल, भाइरल, माइक्रोप्लाज्मा, एस्पिरेशन, फंगलजस्ता प्रकार हुन्छन् ।

 

के कारणले हुन्छ निमोनिया ?

भाइरस, ब्याक्टेरिया, फंगस वा अन्य जीवबाट निमोनिया हुन्छ ।

केही प्रकारका जीवाणुबाट र धेरैजसो निमोनिया गर्ने जीवलाई पत्ता लगाउन सकिदैन ।

 

निमोनिया भएपछि कुन अवस्थामा डाक्टरको सम्पर्कमा जाने

 

बिरामीको उमेर ६० भन्दा माथि भएमा

बिरामाीको बि.पी स्टोलिक १४०देखि डेस्टोलिक ९० भन्दा कम भएमा

बिरामीको सास छिटो चलेमा

सास फेर्न सहायताको आवश्यकता परेमा

रोगीको तापक्रम सामान्य भन्दा कम भएमा

Leave a Comment