नेपालमा कोभिड–१९ को नयाँ भेरिएन्ट देखिएको छ । यो पछिल्लो डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप भएकाले पहिलेको भेरिएन्टसँग धेरै नजिक छ । यसलाई ‘ए वाई १’ वा डेल्टा प्लस भेरिएन्टको नाम दिइएको छ ।यो भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत पाइएको छ ।यसको म्युटेसनको नाम ‘के४१७ एन’ हो । यसमा कोरोना भाइरसको पुरानो भेरिएन्टमा अलि परिवर्तन भएको छ । डेल्टा भेरिएन्ट नै विकसित भएर डेल्टा प्लस भेरिएन्ट बनेको हो । यो भेरिएन्टको भाइरस पहिलोभन्दा खतरनाक छ/छैनबारे अध्ययन सुरु भएको छ । ‘परीक्षणका लागि पठाएका ९ वटा नमुनामा थप उत्परिवर्तित ‘के४१७ एन’ म्युटेसन भेटिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘डेल्टा प्लसको नामले समेत जानिने यो नयाँ भेरिएन्टको म्युटेसन नेपाल, भारतसहित विश्वको १० भन्दा बढी मुलुकमा पुष्टि भइसकेको छ ।’हाल जारी कोभिडको दोस्रो लहरमा धेरैजसो व्यक्ति डेल्टा (बी.१.६१७.२) भेरिएन्टबाट संक्रमित भएका थिए । वैशाख २६ देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनामध्ये ४८ वटा नमुना जाँचका लागि संकलन गरिएको थियो । ती नमुनालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालय र दक्षिण एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँदिल्लीस्थित द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नयाँ भेरिएन्ट कति खतरनाक ?
By laxmi
June 22, 2021