जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले चितवन जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ ।
भाइरसको सङ्क्रमण उच्च रहेका कारण जिल्लामा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसीएमसी०को सिफारिसमा प्रमुख जिल्ला अधिकारीले आज आदेश जारी गर्दै जिल्लामा निषेधाज्ञा थप गर्नुभएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नयाँ डेल्टा भेरियन्टसहितका बिरामीमा देखिन थालेपछि फेरी निषेधाज्ञा थपियो
By laxmi
July 27, 2021