नपत्याउने खोलाले मनाङको पुरै बस्ती नै बगायो, कति क्षति भयो भन्ने अहिलेसम्म यकिन छैन

नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन। तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो। संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी पु¥याएको छ। बाढीले तटीय क्षेत्रका धेरै बासिन्दाको उठीबास लगाइदिएको छ। भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन। बाढीको कहर अझै कम भइसकेको छैन।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन। तर नसोचेको अवस्था आयो। बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ।’ उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो। कतिपय ठाउँमा झोलुंगे त कतैकतै काठे पुलबाट वारपार गर्ने चलन थियो। तर अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको उनले बताए।यो समाचार आजको नागरिक दैनिकमा छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment