दैलेखमा ६ जनप्रतिनिधि समाजवादीमा खुले

Samchar

११ वटा स्थानीय तह रहेको दैलेखमा दुई जना उपप्रमुख, दुई अध्यक्षसहित ६ जना नेकपा समाजवादीमा (माधव नेपाल समुह) खुलेका छन् । समाजवादीमा खुल्ने मध्येमा चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री), नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही रहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यस्तै महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा पनि समाजवादीमा खुलेकी छन् भने ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह पनि समाजवादी पार्टीमा खुलेकी छन् । यसअघि माधव नेपाल समूहमै रहेका चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले अहिले प्रष्ट धारणा बनाइसकेका छैनन् ।

माधव समूहकै नेतामा रुमा चिनिएका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भने अहिले खुलेर ओली पक्षमा होमिएका छन् । उनले केही दिनअघि काठमाडौं गएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट समेत गरिसकेका छन् । कर्णालीको भौतिक पूर्वाधार मन्त्री समेत रहेका नेकपा समाजवादीका नेता अम्मरबहादुर थापाका अनुसार उल्लेखीत जनप्रतिनिधिहरु शनिबार नेकपा समाजवादीको जिल्ला भेलामा समेत सहभागी बनेका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *