देशभरी पारेको बाढी र पहिरोको वितण्डा : मेलम्चीमा ७ जना वेपत्ता, मादीमा हाइड्रो पावर बगायो, अरु के के भए ?

काठमाडौ । लगातारको वर्षाले मुलुकको विभिन्न स्थानमा वाढी पहिरोले विपत्ती निम्त्याएको छ । अविरल वर्षापछि मेलम्चीमा भीषण बाढी आएको छ। मेलम्चीमा आएको बाढीले त्यस आसपासका बस्ती बगाएको छ । तर विद्युत आपुर्ती समेत बन्द भएकाले सुरक्षाकर्मीहरु उद्दार र क्षती संकलनमा जान पाएका छैनन् । बुधवार विहानवाट मात्र गरिने बताइएको थियो । बाढी आएपछि हेलम्बु, मेलम्ची वरपरका स्थानीयको भागाभाग भएको थियो।

मेलम्चीको बाढीले हेलम्बु गाउँपालिकाको किउला क्षेत्रमा क्षति पुर्याएको प्रहरीले बताएको छ। सिन्धुपाल्चोकको मेलम्ची खोला (इन्द्रावती नदी) मा आएको बाढीले कम्तिमा ७ जनालाई बगाएको बताइएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएका उनीहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+