काठमाडौँ — ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसो भन्दा उनको जवाफ थियो, ‘मेरो पनि समर्थन छ भनेर देखाउन बोलाएको होला, म आउँदिनँ ।’देउवा नगए पनि निधि पछि हटेनन् । उनले विभिन्न शक्तिपीठका पुजारीबाट साइत गराएर शुक्रबार कार्यकर्ताबीच आफ्नो सम्पर्क कार्यालय खोले । त्यही समारोहमा उनले सभापतिमा उम्मेदवारीको घोषणा पनि गरे ।
भित्रभित्रै सभापतिका लागि तयारी गर्ने नेता अरू थुप्रै छन् तर खचाखच कार्यकर्ताको भीडमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो नेता भएका छन् ।देउवानिकट कतिपय नेताले निधिको उम्मेदवारीको विषयलाई ‘घुर्की’ र ‘बार्गेनिङ’ को रूपमा अर्थ्याउँदै आएका थिए । महाधिवेशनको मुखतिर दुई नेता मिल्ने विश्वास पनि थियो । ‘लामो संगत र सहकार्यको धागो यति चाँडै तोडिएलाजस्तो लागेको थिएन, केही न केही समझदारी बन्ला भन्ने हामीले सोचेका थियौं,’ देउवानिकट एक नेताले भने, ‘आजदेखि भने देउवा र निधिको बाटो अलग्गिएको महसुस भएको छ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****