काठमाडौं, साउन १२ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले राजनीतिक तथा प्रशासनिक सक्रियता बढाउनु भएको छ । कांग्रेस सभापतिसमेत रहनुभएका पति प्रधानमन्त्री नियुक्त भएसँगै आरजुले मन्त्री छनौटदेखि सचिवहरुसँग ब्रिफिङसम्मको काम अघि बढाएर सक्रियता देखाउनु भएको हो ।
देउवा प्रधानमन्त्री हुनुअघि कांग्रेस महाधिवेशन केन्द्रित भएर राजनीतिक सक्रियतामा बढाउनु भएकी आरजुले देउवा प्रधानमन्त्री भएपछि प्रशासनिक क्षेत्रको समेत ब्रिफिङ लिन थाल्नुभएको छ । सुरक्षा स्रोतका अनुसार दुई दिनअघि राणाले नेपाल सरकारका केही सचिव र आर्थिक रुपमा चलखेल हुने महत्वपूर्ण विभागका महानिर्देशकहरुसँग ललितपुरको भिभान्ता होटलमा डिनर बैठक गरी ब्रिफिङ लिनुभएको छ । राणा यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि सचिवलगायत प्रशासनिक क्षेत्रको सरुवा बढुवामा हावी हुने गर्नुभएको थियो । आर्थिक संकलनमा निकै पोख्न मानिनु भएकी आरजुले विभिन्न मन्त्रालयका सचिवको सरुवा र हेरफेर हुन लागेका बेला यस्तो भेटघाट गर्नुभएको हो ।
केही दिनयता उहाँले प्रधानमन्त्री देउवाको सहमति लिएर सचिवदेखि बिभागका महानिर्देशक र प्रहरी अधिकृतहरुसम्मलाई भेटघाट बढाउनु भएको छ । आरजुले यसअघि नै आफ्नो ब्यापारिक साझेदार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्न लगाइसक्नु भएको छ । अस्पताल सञ्चालक रहेका बिवादास्पद ब्यापारी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयकै जिम्मा दिएर आरजुले मन्त्री छनोटदेखि कर्मचारी सरुवा बढुवामा आफ्नो हालीमुहाली हुने प्रष्ट सन्देश दिइसक्नु भएको छ ।
आरजु म्यामको सक्रियता निकै लोभलाग्दो छ, सचिवदेखि प्रहरी र सेनाका अधिकारी अनि बिभागका डिजीसम्मलाई उहाँले एक्लाएक्लै र सामुहिक भेट गरिरहनु भएको छ
देउवा सरकारमा रहँदा यसअघि पनि आरजु नै निकै सक्रिय हुने गर्नुभएको थियो । यसपटक बिगतमा भन्दा दोब्बर सक्रियता बढाउनु भएको बालुवाटारस्थित सुरक्षामा खटिएका एक अधिकारीले जनताटाइम्स डटकमलाई बताउनुभयो । ‘आरजु म्यामको सक्रियता निकै लोभलाग्दो छ, सचिवदेखि प्रहरी र सेनाका अधिकारी अनि बिभागका डिजीसम्मलाई उहाँले एक्लाएक्लै र सामुहिक भेट गरिरहनु भएको छ,’ ती सुरक्षा अधिकारीले जनताटाइम्ससँग भन्नुभयो ।
आफ्नो उपचारदेखि जापान बसाईमा लागेको सवै खर्च बेहोरेको कारण आरजुले श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिएको बालुवाटारभित्रै चर्चा चल्ने गरेको पनि ती अधिकारीले बताउनुभयो । प्रधानमन्त्री देउवाले पार्टीदेखि गठबन्धनमा रहेका कुनै पनि दलका नेतासँग परामर्श नै नगरी सुईकोसम्म नदिएर श्रेष्ठलाई एकल रुपमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । स्वास्थ्य मन्त्रालय आफैसँग राखेर ब्यापारिक साझेदारलाई मन्त्रालयको जिम्मा दिने काम आरजुले गराउनु भएको हो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****