देउवाको बाटोमा निधि बाधक बन्लान् त ?

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै अब महाधिवेशनको चहल पहल शुरु हुन थालेको छ ।
देउवाको बाटोमा निधि बाधक बन्लान् त ?

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै अब महाधिवेशनको चहल पहल शुरु हुन थालेको छ
काँग्रेसको सभापति पदमा को उम्मेदवार होला भन्ने चर्चा र बहस चलिरहेका बेला संस्थापन पक्षमा नै सभापतिको उम्मेदवारका बारेमा विवाद हुने देखिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काँग्रेस सभापति शेरबहादुर देउवाले आफु अझै एक पटक सभापतिको उम्मेदवार बन्ने शनिबार बताएपछि संस्थापन पक्षमै विवाद र बहस शुरु भएको छ ।

सभापति देउवाले शनिबार प्रदेश १ र २ का आफुनिकट नेताहरुसँग छलफल गर्दै आफु सभापतिको उमेद्वार बन्ने बताएका छन् ।

तर देउवाको प्रस्तावपछि देउवा निकट उपसभापति विमलेन्द्र निधिले आफु उम्मेदवार बन्न चाहेको बताउदै सभापति देउवासँग सहयोग मागेपछि संस्थापन पक्षमा देउवालाई सभापतिमा समर्थन गर्न एकमत नदेखिएको हो ।

विहान आफ़ुपक्षका नेताहरुसँग छलफल गरेका देउवाले अपराहन्न पुन: निधिसहितका नेतासँग छलफलका क्रममा निधिले आफुले अहिलेसम्म सहयोग गरेकाले अब सभापतिमा आफुलाई सहयोग गर्न देउवालाई आग्रह गरेका थिए । साथै निधिले देउवालाई प्रधानमन्त्रीमा आफुले सहयोग गर्ने बताएका थिए ।

तर देउवाले भने निधिलाई सभापतिमा उठ्ने हो भने उठ्न भन्दै एक कार्यकालका लागि आफु उठ्ने निश्चित भएको बताएका थिए ।

निधि र देउवाबीच विवाद बढेमा काँग्रेसको संस्थापन पक्ष विभाजित हुनसक्ने बताइएको छ । देउवा निकट नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा लगायतले भने आफ्नो पक्षलाई मिलाएर मात्र उम्मेदवारी घोषणा गर्न देउवालाई सल्लाह दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काँग्रेसका एक देउवा पक्षका नेताले खरीबोटसँग कुरागर्दै अहिले शुरुवाती छलफल भएकोले आआफ्ना इच्छा व्यक्त हुनु स्वाभाविक भएको बताए । महाधिवेशनको मिति नजिकिदै जादा मिलेर नै जाने सम्भावना रहेको बताउदै अन्त्यमा सभापतिका दुई उम्मेदवार नै हुने दाबि गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment