दिल्लीबाट झलनाथको भर्चुअल सम्बोधन : मध्यपन्थको आयु लामो हुँदैन

Samchar

भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)को बैठकलाई सम्बोधन गरेका छन् । चन्द्रागिरिमा रिसोर्टमा जारी सो पार्टीको केन्द्रीय समिति बैठकलाई नेता झलनाथ खनालले मंगलबार भर्चुअल रूपमा सम्बोधन गरेका हुन् ।त्यस क्रममा वरिष्ठ नेता खनालले नयाँ पार्टी निर्माणका लागि विद्रोह गरेको भन्दै पार्टीलाई अनुशासित, एक ढिक्का र सामूहिक ढङ्गले अगाडि बढाउनुपर्ने बताए । त्यस्तै उनले नयाँ क्रान्तिकारी पार्टी अघि बढाउन ठुलो चुनौती भए पनि त्यतिकै सम्भावना पनि रहेको बताए ।‘हामीसामु ठुलो चुनौती छ तर तर सम्भावना पनि छ । हाम्रो सफलता सुनिश्चित छ । बाटो सजिलो छैन, काँडा र भीरपाखाहरु छन् । हामी भीर पाखामै हुर्केका हौ,त्यसैले हामी सफल हुन्छौ’, नेता खनालको भनाइ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *