दश वर्षमा पनि बनेन १० किलोमिटर सडक, स्थानीय आक्रोशित

दैलेख, आठबीस नगरपालिकामा १० किलोमिटर सडक बनाउन थालिएको १० वर्ष नै भइसक्यो । तर अझै उक्त सडकमा मोटरसाइकल गुडाउनसमेत कठिन छ ।

२०६७ सालदेखि निर्माण सुरु भएको उक्त सडकमा निर्माणमा डेढ करोड रुपैयाँ खर्च भइसकेको छ । राकम कर्णाली–रोलहुँदै सिंहासैन जोड्ने उक्त सडक निर्माणका लागि पहिलोपटक २०६७ सालमा जिल्ला विकास समिति दैलेखमार्फत चार लाख रुपैयाँ विनियोजन भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यतिबेला २३ लाख रुपैयाँ उधारो राखेर सडकका लागि पाँच किलोमिटर ट्रयाक खोलिएको थियो । केही वर्षपछि निर्वाचन क्षेत्र विकास कोषमार्फत एमाले सांसद लक्ष्मी पोखरेलले १२ लाख रुपैंया सडक निर्माणमा खर्च गरे । उक्त बजेटबाट पुरानो ट्रयाक मर्मत मात्रै भयो ।

आठबीस नगरपालिकाले २०७५ सालमा सोही सडकका लागि ३६ लाख रुपैयाँ विनियोजन गर्यो । सो बजेटबाट रोलदेखि सिंहासैनसम्म ट्रयाक मात्र खोल्ने काम भयो ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा सोही बाटोका लागि एक करोड रुपैयाँ विनियोजन ग¥यो । तर उक्त बजेट फ्रिज भयो ।

चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारबाट ८० लाख रुपैयाँ सोही सडकका लागि विनियोजन गरेको छ ।
८० लाख बजेटमध्ये पचास लाख सशर्त अनुदानमार्फत र तीस लाख रुपैयाँ पूर्वाधार विकास कार्यालय दैलेखले कार्यान्वयन गर्ने गरी बजेट गएको थियो ।

पूर्वाधार विकास कार्यालयले २०७८ वैशाख २९ गते ध्रुव निर्माण सेवासंग सडक निर्माणका लागि सम्झौता गरेको छ । तीस लाख बजेटमा टेण्डर आह्वान हुँदा ठेकेदार कम्पनीले १४ लाख ८९ हजार ४७ रुपैयाँमा काम गर्नै भनेर सम्झौता गरेको हो ।
तर, यो आर्थिक वर्ष सकिन लाग्दा ठेकेदार कम्पनीले थप काम नगरेको स्थानीयको आरोप छ । ‘यस वर्ष तीन दिन डोजर चलाएर भएको बाटो पनि बिगारे’, एक स्थानीयले भने, ‘यस्तै हो भने हामी अख्तियार जानुको विकल्प छैन ।’

पूर्वाधार विकास कार्यालयका इन्जिनियर वीरेन्द्रबहादुर शाहीले सम्झौताअनुसार काम नगरिएको भए भुक्तानी नदिने बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment