यसअघि जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए।
गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको थियो।
थामाराका आफन्तहरूले दिएको विवरणलाई आधार मानेर प्रतिष्ठित अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि यसबारे समाचार छापिएका थिए
पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको र उनको शरिरमा शल्यक्रियाबाट बच्चा जन्माएको कुनै खत पनि नदेखिएको खुलेको छ।
एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन्। एकैचोटी जन्मेका १० बच्चालाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै उनले सहयोगको अपिल गरेकी थिइन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****