तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीले आज एउटै मञ्चवाट सम्बोधन गर्दै

Samchar

काठमाडौँ । तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरुले एउटै मञ्चवाट आज सम्बोधन गर्दैछन् । समाजवादी केन्द्र, नेपालको आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रममा तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरुले आज सम्बोधन गर्ने भएका हुन् ।समाजवादी केन्द्र, नेपालको आयोजना गर्न लागेको ‘एक्काइसौ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक उक्त अन्तर्क्रिया कार्यक्रममा तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले आफ्नो धारणा राख्न लागेका हुन् ।आज मध्यान्ह ११:३० बजेदेखि दिउसो २:३० बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको उक्त अन्तर्क्रिया कार्यक्रममा वामदेव क्षेत्री (घिमिरे) द्वारा लिखित ‘कृषि र समाजवाद’ नामक पुस्तक पनि विमोचन हुने कार्यक्रम रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *