तालिवानसँग अफगान सेनाले सहजै आत्मसमर्पण गर्नुका विभिन्न कारणहरु

अमेरिका तथा पश्चिमका मुलुकहरूलाई चकित खुवाउँदै तालिबानले सोचेभन्दा छिटो देशमा कब्जा जमाएपछि यसको कारण धमाधम खोतल्न थालिएको छ । अफगान सेना तालिबानसँग लड्न तयार नभइसकेको अवस्थामा अमेरिका र नेटोले देश छोड्नु यसको एउटा कारण मानिएको छ । अनि अफगान सेना तथा सरकारमा व्याप्त चरम भ्रष्टाचारले गर्दा युद्धमोर्चामा लड्ने सैनिकहरू राम्रो तलब नपाएकाले हतोत्साहित भएर छिटो आत्मसमर्पण गरेको अर्को कारण देखाइएको छ । तीन लाख सैनिक छन् भने पनि खासमा नभएका सैनिक देखाएर सेनाका उच्च अधिकृतले तलब खाइदिने गरेको अर्को कारण बताइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अर्को महत्त्वपूर्ण कारण भनेको अफगानिस्तानको संस्कृति बुझ्नका लागि अमेरिकाले पाएको विफलता हो । त्यसको व्याख्या तल गरिनेछ । अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेर तालिबानलाई सत्ताच्युत गराए पनि त्यसलाई सिध्याउन सकेको थिएन । अनि उसले अफगान सेना निर्माणका लागि समाजका तिनै सदस्यहरू लिएको थियो जुन समाजबाट तालिबान लडाकूहरू पनि आउँछन् ।

अफगानिस्तान पश्चिमी मुलुक जस्तो हैन, त्यहाँको इतिहास र संस्कृति बेग्लै छ भन्ने कुरा अमेरिकाले कहिल्यै बुझ्न सकेन र त्यसको परिणाम अहिले देखिएको हो । टमस बारफील्डको पुस्तक ‘अफगानिस्तान ः ए कल्चरल यान्ड पोलिटिकल हिस्ट्री’मा उल्लेख भएअनुसार, अफगानिस्तान अनेकौं जातीय र भाषिक समुदाय भएको मुलुक हो । त्यहाँ आफ्नो जातीय समुदायप्रतिको बफादारिता समग्र राष्ट्रप्रतिको बफादारिताभन्दा प्रायः जसो माथि नै हुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+