तालिबानको हातमा कसरी पुगे यति धेरै अमेरिकी ह’तियार ? के हो रहस्य

Samchar

काठमाडौँ । तालिबानको अफगानिस्तानमाथि कब्जाका साथै उसको हातमा अमेरिकी ह’तियारको भण्डार पनि हात लागेको छ । भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’ को खबर अनुसार तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि ठूलो परिमाणमा अमेरिकी ह’तियार जम्मा गरेको ह्वाइट हाउसले मंगलबार स्वीकार गरेको छ ।सार्वजनिक भएका केही तस्बिर र भिडियोमा तालिबान चरमपन्थी ती ह’तियार र सैन्य गाडीसहित देखिएका छन् जसलाई अमेरिकी सैनिकले प्रयोग गर्दथे वा जुन अफगानिस्तानको सुरक्षाबललाई दिइएको थियो ।

यसमा कंधार विमानस्थलमा रहेको अत्याधुनिक यूएच–६० ब्ल्याक हक हेलिकोप्टर र अन्य उपकरण पनि समावेश छन्अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले भने, ‘सबै सैन्य सामान कहाँ गएका थिए, त्यो स्पष्ट हुन सकेको थिएन । तर निश्चित रुपमा यसको ठूलो हिस्सा तालिबानको हातमा परेको छ । उनीहरुले यी सबै अमेरिकालाई फिर्ता गर्लान् जस्तो लागेको छैन ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *