केपी ओली नै सत्तामा नभएपछि अब भण्डारी पनि गरिमामय पदमा बस्न नमिल्ने स्पष्टै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘राष्ट्रपति भण्डारी नैतिकताका आधारमा पदमा बस्न मिल्दैन । राष्ट्रपति पद संविधानको पालनकर्ता, राष्ट्रियताको प्रतीक हो भनेर अदालतले फैसलामै भनिसकेपछि राष्ट्रपति भण्डारीले नैतिकताका आधारमा पद त्याग गर्नुपर्छ ।’
त्रिपाठी थप्छन्, ‘ओलीका हरेक सिफारिस अध्ययन नगरी हस्ताक्षर गरिदिने अनि शेरबहादुर देउवाको दाबी अध्ययन नगरी खारेज गरिदिने गर्नुभयो । राष्ट्रिय सभा निर्वाचनको अध्यादेशबारे पनि राष्ट्रपतिले अप्ठेरो पार्नुभएको थियो । उहाँले देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि अप्ठेरो पार्न सक्नुहुन्छ ।’ सर्वोच्च अदालतले फैसलामै राष्ट्रपतिको गलत बाटो सम्झाइदिएको छ ।
त्रिपाठी भन्छन्, ‘संविधान मिचेरै राष्ट्रपतिले ओलीको पक्षमा काम गर्दै आएकाले र पछिल्लो ट्रयाक रेकर्ड हेरेर अत्यन्त अविश्वास गर्यो । यो भनेको अब राष्ट्रपतिले गरिमामय पदमा बस्न मिल्दैन***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
