सामान्यतयाः कुनै रुखमा आगो लागेपछि त्यो तत्कालै जल्दछ वा केही समयमा सुकेर मर्दछ । तर अमेरिकामा एउटा यस्तो अजम्बरी रुख छ जो पछिल्लो डेढ वर्षदेखि लगातार बलिरहेको छ । यति लामो समयसम्म एउटा रुख जलिरहेको देख्दा वैज्ञानिकहरु पनि हैरान छन् ।
समाचार अनुसार सन् २०२० मा अमेरिकाको क्यालिफोर्नियाको जंगलमा विनाशकारी डढेलो लागेको थियो । डढेलोबाट जंगलको डेढ लाख एक्कड जमिनमा फैलिएका लाखौँ रुख जलेर खरानी भए ।
हालै राष्ट्रिय निकुञ्ज सेवाको एक टोली जंगलमा आगलागीबाट भएको क्षतिको अनुगमनका लागि डढेलो लागेको जंगल भित्र गयो । त्यसक्रममा जब उनीहरुले जाएन्ट सेक्विया जातको रुखमा अझैपनि जलिरहेको र धुवाँ उडिरहेको देखे । उक्त रुखको काण्ड भित्रभित्रै जलिरहेको थियो र धुवाँको मुस्लो निस्किरहेको थियो ।
डेढ वर्षअघि जंगलमा लागेको डढेलोमा आगो लागेको रुख अहिलेसम्म पनि जलिरहेको दृश्य देख्दा उनीहरुले विश्वास नै गर्न सकेनन् । त्यसपछि उनीहरुले उच्च क्षमतायुक्त क्यामराको सहायताले उक्त रुखतर्फ हेरे । त्यसबाट पत्ता लाग्यो की उक्त रुख निकै पूरानो हुनुका साथै पछिल्लो डेढ वर्षदेखि आगोमा जलिरहेको रहेछ ।
यति लामो समयसम्म एउटा रुख जलिरहेको जानकारी पाउँदा वैज्ञानिकहरु निकै अचम्ममा परे । वैज्ञानिकहरुले उक्त रुखको अनुसन्धान गरे । सो रुख गत वर्षको डढेलोमा पूर्णरुपमा नजलेको र रुख निकै पूरानो र ठूलो भएको हुँदा रुखको काण्ठको भित्र निक्कै विस्तारै जलिरहेको वैज्ञानिकहरुको ठहर छ । चुल्होभित्रको आँचमा दाउरा जसरी विस्तारै जल्दछ त्यो रुखपनि त्यसैगरी जलिरहेको वैज्ञानिकहरु बताउँछन् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>