काठमाडौं । पहिरोमा पुरिएको अवस्थामा उद्धार गरिएकी बालिकाको उपचारको क्रममा शुक्रबार निधन भएको छ ।
पाँचथरको फिदिम–१, की १५ बर्षीया सञ्जिता साम्पाङ राईको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।उनलाई बुधबार राती साँढे नौ बजेतिर ट्वाइलेट बसेको बेला ट्वाइलेटसँगै पहिरोले पुरेको थियो । उनी दाजु सगुन राईसँग फिदिम–१, स्थित कमल घिमिरेको घरमा डेरा बस्दै आएकी थिइन् ।उनलाई ट्वाइलेट बसिरहेको अवस्थामा डिविजन वन कार्यालयको पर्खाल भत्केर आएको पहिरोले पुरेको थियो । करीब आधा घन्टापछि उनलाई प्रहरी र स्थानीयले अचेत अवस्थामा उद्धार गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

ट्वाइलेट बसिरहेको बेला पहिरोमा पुरिएकी वालिकाको उपचारको क्रममा मृत्यु
By laxmi
July 14, 2021