झलनाथ खनालले दूतावासमार्फत गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

Samchar

भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोग उपस्थित हुनुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् ।
यसैबीच नेता सोमप्रसाद पाण्डे लगायतका नेताहरुले निर्वाचन आयोगमा समाजवादीको पक्षमा रहेको भन्दै दिएको निवेदनबारे भने आयोगले कुनै निर्णय गरेको छैन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *