ज्वाला संग्रौला सहित तीन जना प्रहरीद्धारा पक्राउ, के हुनसक्छ कारवाही?

Samchar

अन्तत ज्वाला संग्रौला पक्राउ परेकी छिन् । उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा नेकपा एमाले निकट युवा संघका कार्यकर्ता बिच हात हालाहाल समेत बताइएको छ । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ हो । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए । उनीहरुमाथि अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्त परिसरमै ज्वालाको समूहले अभद्र ब्यवहार गरेको समाचार बाहिरिएको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *