एजेन्सी । आइतवार विहानै भएको एक विमान दुर्घटनामा परेको छ । सैन्य विमान दुर्घटनामा परेको हो । फिलिपिन्समा ९२ जना यात्रु सवार विमान दुर्घटनामा परेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।आइतबार दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परेको त्यहाँका सेना प्रमुख जनरल सिरिलिटो सोबेजानालाई उधृत गर्दै एएफपीले जनाएको छ ।
जोलो टापुमा अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको बताइएको छ। जलिरहेको विमानबाट हालसम्म १५ को उद्धार गरिएको छ।हाल उद्धार कार्य जारी छ। सेना प्रमुख सोबेजानाले भनेका छन्,‘उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेका छन्। धेरै मानिसको ज्यान बचाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।फिलिपिन्सको दक्षिणी क्षेत्रमा कयौं चरमपन्थी गुटको अड्डा छ। सोही कारण त्यहाँ धेरै सेनाहरु तैनाथ गर्दै आइएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****