जातीय विभेदको घटनामा मन्त्रीको गैरजिम्मेवार हस्तक्षेप, विभेदको अझ पक्षपोषण : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री गगन थापाले समुन्नत नेपाल निर्माण गर्न विभेदयुक्त सामाजिक संरचनाका कारण युगौँदेखि पछाडि परेको जाति र समुदायसँग हातेमालो गर्दै संगै अघि बढ्नुपर्ने बताएका छन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनापछि न्याय निरूपणको स्वाभाविक प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारका मन्त्रीको गैरजिम्मेवार हस्तक्षेपप्रति असहमति जनाउँदै जातीय विभेदको घटनामा राज्यलाई सही ठाउँमा उभ्याउनुपर्ने औंल्याएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत पछिल्ला घटनाक्रमको पृष्ठभूमिमा जातीय विभेद लगायत सबै विभेद अन्त्य गर्ने सम्बन्धमा राज्यको गुरुत्तर दायित्वभित्रको आफ्नो जिम्मेवारी मन्त्रीले नबुझेको मात्र होइन आफ्नो भूमिकाले विभेदको अझ पक्षपोषण भएको नदेखियोस् भन्ने सामान्य शालीनतासमेत प्रदर्शन गर्न आवश्यक नठानेको बताए ।
उनले लेखेका छन्, ‘सरकारले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन गरेको यस्तो धृष्टताको विरोध गर्दै जातीय विभेदको घटनामा राज्यलाई सही ठाउँमा उभाउनुपर्ने त छ नै सँगै सबैखाले विभेदको अन्त्य भएको समाज निर्माण गर्न नागरिकलाई विभेद नगर्ने र विभेद नसहने नागरिकमा रुपान्तरणको सत्प्रयास पनि गरिरहनुपर्नेछ।’
जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठप्रति लक्षित गर्दै थापाले आफ्नो प्रतिक्रिया जनाएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment