जवानीमा हाई हाई, मर्ने बेलामा कोही न कोही ! चर्चित कलाकारको दुखद निधन

भारतका प्रख्यात गीतकार अभिलाषले लामो समयको अस्वस्थता पछि आइतबार मुम्बईमा संसार छाडे । उनी फोक्सोको क्यान्सरसँग जुधिरहेका थिए नै विगत १० महिनादेखि आर्थिक संकटमा पनि थिए । उनलाई दर्शक तथा श्रोताले ‘इतनी शक्ति हमें देना दाता’ गीतबाट चिन्छन् ।

त्यसो त अभिलाष भन्दा अघि पनि धेरै कलाकारहरुले आर्थिक रुपले कंगाल भएरै जीवन त्यागे । एक समय यी कलाकारको नाम र दाम दुबै थियो । तर मृत्युको समयमा उनीहरु आर्थिक रुपमा विपन्न बने ।

अभिनेता महेश आनन्दले फिल्म ‘शहंशाह’, ‘मजबूर’, ‘स्वर्ग’, ‘थानेदार’, ‘विश्वात्मा’, ‘गुमराह’, ‘खुद्दार’, ‘बेताज बादशाह’, ‘विजेता’ र ‘कुरुक्षेत्र’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनी सन् २०१९ को फेब्रुअरी ९ मा आफ्नो घरमा मृत भेटिएका थिए । महेशलाई लामो समयदेखि कुनै पनि फिल्मबाट काम मिलिरहेको थिएन । त्यही कारण उनी डिप्रे सनमा थिए । आर्थिक संकटकै कारण उनी एक्लै बस्दथे ।

‘पाकिजा’ जस्तो फिल्ममा अभिनय गरेकी गीता कपूरको निधन सन् २०१८ मे २६ मा भएको थियो । गीताको अन्तिम समय निकै कष्टकर बितेको थियो । उनका सन्तानले पनि उनको हेरचाह गरेका थिएनन । गीताको कोरियोग्राफर छोरा उनलाई अस्पतालमा छोडेर भागेका थिए । अशोक पण्डित र अन्य बलिउड अभिनेताहरुले गीताको उपचार खर्च उठाइरहेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+