जर्मनीमाथि इंग्ल्यान्डको ऐतिहासिक जित

Samchar

इंग्ल्यान्डले मंगलबार युरो २०२० मा जर्मनीमाथि २–० को ऐतिहासिक जित निकालेर क्वार्टरफाइनल यात्रा तय गरेको छ । ठूला प्रतियोगितामा यी दुई टिम भिड्दा पछिल्लो समय जर्मनीको प्रभुत्व रहँदै आएकोमा इंग्ल्यान्डले अहिले यो सम्झनलायक जित निकालेको हो । दोस्रो हाफमा गरेको दुई गोलमा इंग्ल्यान्डले वेम्बलीमा जर्मन चुनौती समाप्त पारेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नकआउट चरणमा गेराथ साउथगेटको इंग्ल्यान्डले आफ्नो परम्परागत प्रतिद्वन्द्वीलाई हराएको यो ५५ वर्षयता पहिलो पल्ट हो । यसका लागि वेम्बलीमा उपस्थिति ४० हजार दर्शक साक्षी बने । सन् १९६६ को विश्वकप फाइनलपछि इंग्ल्यान्डले पहिलो पल्ट जर्मनीलाई ठूलो प्रतियोगिताको नकआउट चरणमा हराएको हो । यो नै इंग्ल्यान्डले हात पारेको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।
इंग्ल्यान्डका लागि पहिलो गोल म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङले ७५ औं मिनेटमा गरे र यो उनको प्रतियोगितामा तेस्रो व्यक्तिगत गोल रह्यो । लुका सको पासमा स्टर्लिङले आफैले बुनेको आक्रमणमा गोल गरे । इंग्ल्यान्डका लागि ठूला प्रतियोगितामा सुरुवाति तीनै गोल एक्लै गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि सन् १९८६ मा ग्यारी लिनेकरले इंग्ल्यान्डको सुरुवाति तीन गोल गरेका थिए ।

कप्तान ह्यारी केनले ८६औं मिनेटमा हेडबाट दोस्रो गोल थपे र इंग्ल्यान्डको जित निश्चित गरे । प्रतियोगितामा उनको यो यो पहिलो गोल हो र यससँगै उनले आफ्नो व्यक्तिगत गोल खडेरीलाई तोडेका छन् । सब्स्टिच्युट ज्याक ग्रेलिसको क्रसममा केनले बलालई पोस्टका दिशा दिए । त्यसको चार मिनेट अगाडि मात्र थमस मुलर जर्मनीका लागि बराबरी गोल फर्काउने निश्चित अवसरमा चुकेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *