जब माधव नेपालले ओलीको भाइरस डान्स हेरे …

Samchar

केपी ओलीको नाचगान बारे टिप्पणी गर्दै समाजवादीका अध्यक्ष माधव नेपाले केपी ओलीले एमाले विभाजन गरेको खुशियालीमा नाँचगान गरेर रमाइलो गरेको आरोप लगाएका छन् । पार्टी फुटे पछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली माथी यस्तो आरोप लगाएका हुन् ।नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली गरेको टिप्पणी गरेका छन् । पार्टी दर्ता भएपछि पहिलोपटक सम्बोधन गर्दै उनले ओलीमाथि दुईपटक पार्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाए ।‘केपी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए,’ माधव नेपालले भने । उनले ओलीले पार्टीलाई तहसनहस पारेको आरोप समेत लगाए ।दुईपटक प्रतिनिधि सभा विघटन र पार्टी फुटाउने किर्तिमान कायम गरेको आरोप समेत ओलीमाथि लगाए । उनले ओलीलाई अहंकारको घोडामा सवार भने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *