स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो।घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्याइएको हो।हेलिकप्टरको डोरीमा बाँधेर ल्याइएका गाईलाई जमिनमा झार्न केही किसानहरू उपस्थित थिए।हिमाली मैदानमा चर्न गएका झन्डै १ हजार गाई हिँडेरै तल झर्दैछन्। ती गाईहरूलाई केही दिनपछि हुने काउ परेडमा सहभागी गराइनेछ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जब घाइते गाईलाई हेलिकप्टरबाट गरियो उद्धार (तस्बिरहरू)
By laxmi
August 29, 2021