काठमाडौ । रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा ४ जना जन्तिको घटनास्थलमै निधन भएको छ । एक जना घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका–७ को पोखरामा रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो। सो जिप जन्ती लिएर जाँदै गरेको बताईएको छ ।आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा आठबीसकोट–८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको निधन भएको हो। दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
