जनगायक जेवी टुहुरेको निधन, श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

Samchar

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो । टुहुरे मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *