चोरी गर्न सुर्खेतवाट कोहलपुरमा ‘कोठा भाडा’, कहाँ-कहाँ छ यिनीहरुको सञ्जाल प्रहरी समेत छक्क ?

काठमाडौ । एक हप्ताअघि बाँकेको कोहलपुरमा एक जना मोबाइल चोर्दै गर्दा रंगेहात समातिए । इलाका प्रहरी कार्यालय, कोहलपुरले गम्भीरतापूर्वक चोरका बारेमा अनुसन्धान गर्‍यो । हेर्दा सामान्य मोबाइल चोरेको जस्तो देखिए पनि प्रहरीका लागि यो ठूलो घटना थियो । किनकि, केही दिनदेखि कोहलपुरमा मोटरसाइकल, मोबाइल र अन्य सामान चोरीका घटना बढेको थियो ।प्रहरी कार्यालय अगाडिबाट नै मोटरसाइकल चोरी भएपछि प्रहरीको चर्को आलोचना भइरहेको थियो । यस्ता आलोचना अनि चोरीलाई निस्तेज पार्न कोहलपुर प्रहरीले सई गोपालकुमार मल्लको कमान्डमा सात जनाको टोली नै चोरी नियन्त्रणमा खटाएको थियो ।

यो टोलीको काम नै नयाँ र पुराना चोरको लिस्ट तयार पार्ने र उनीहरुलाई निगरानी गर्ने थियो ।त्यसपछि प्रहरीले ठूलो कुरा पत्ता लगायो । उनीहरु चोरीकै लागि कोहलपुरमा कोठा भाडामा लिएर बाँके र आसपासका जिल्लमा चोरी गर्न जाँदा रहेछन् । टोलीले चोरको बारेमा नयाँ कुराहरु पत्ता लगाएको छ । सुर्खेतबाट चोरीधन्दा गर्न कोहलपुर आएका चार जनामध्ये तीन जना सुदूरपश्चिम गएका छन् । कोहलपुरसँग कनेक्सन भएका २० जना क्रियाशील चोर पत्ता लागेको छ । कोहलपुरका चोरको कनेक्सन सुर्खेत, सल्यान, रुकुम, जाजरकोटसम्म रहेको खुलेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+