चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको जनाइएको छ ।
दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयवासीलाई जानकारी दिएको छ ।स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै
By laxmi
June 19, 2021