चितवनमा एसपी चढेको जिप दुर्घटना, ६ प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी चढेको गाडी नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा दुर्घटनामा परेको छ।

बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप दुर्घटना परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ। पाँच प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चोट लागेको उनले जानकारी दिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताए। अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इन्जिनियरसमेत रहेका थिए।

ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडी भागमा पूर्ण रुपमा क्षति पुगेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र एसपी अधिकारीसहितको टोली पुलको निरीक्षण गरेर फर्किदै गर्दा आज साँझ करिब साढे ५ बजेको समयमा दुर्घटना भएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+