काठमाडौं । ठिक ११ महिना कृषिमन्त्री भएर पनि मल ल्याउन नसकेका भनेर आलोचना खेपेका नेकपा एमालेका माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसाल अहिले पार्टीको दुवै धारसँग बीचमा बसेर काम गरिरहेका छन् ।
उनी २०७६ को मंसिर ५ गतेबाट २०७७ को पौष ५ गतेसम्म मन्त्री भएका थिए । उनी त्यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि विनाविभागीय मन्त्री भएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पौष ५ गते भुसालसहित नेपाल पक्षका र नेकपा (माओवादी केन्द्र) का ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।
भुसाल एमालेको उपमहासचिव पनि हुन् । उनी नेपाल लाइनमा लागे पनि पार्टी एकता मिलाउनुपर्छ भनेर दौडधुपमा छन् । उनले नेपाललाई ओलीसँग झुकेर नजान पनि सुझाव दिएका छन् ।
पार्टी मिलाउनुपर्छ तर गलत सम्झौता भने ओलीसँग गर्न नहुने उनको भनाई छ । नेपाल पक्षकै सुरेन्द्र पाण्डे, भीमप्रसाद आचार्य भने केही लचक देखिएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलमा पाण्डे, आचार्य, भुसालसहित भीम रावल र रघुजी पन्त नेपाल समूहबाट रहेका छन् । उनीहरुले असार २७ गते १० बुँदे खाका तयार पारेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****