काठमाडौ । पोखराकी विष्णु वरालको निधन वुटवलमा रहस्यम तरिकाले भएको थियो । उनको विवाह भएको २७ दिनमै श्रीमानको घरमा निधन भएको घटना रहस्यम भन्दै माइती पक्षले आवाज उठाएका छन् । विष्णुको माइतीको उजुरीको आधारमा प्रहरीले विष्णुको श्रीमान र सासुलाई पक्राउ गरेको छ । बुधवार विष्णुको श्रीमानलाई पक्राउ गरेको थियो भने विहिवार उनको सासुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छानविन हुनुपर्ने बताउँदै आएका थिए । मंगलवार उनीहरु वुटवल स्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न जाँदा बवाल भएको छ । प्रहरीले ५ जनालाई मात्र कार्यालय भित्र जाने अनुमति दिएको थियो । तर ठूलो संख्यामा विष्णुका माइती प्रहरी कार्यालयमा पुगेर सबैले प्रहरी प्रमुखलाई भेट्न पाउनुपर्ने माग राखेपछि विवाद सुरु भएको हो ।प्रहरीले विष्णुको सासुलाई पक्राउ गर्न जाँदा उनको घरमा पनि ठूलो भिड जम्मा भएको देखिन्छ । । दुवै पक्षले मन पराएर विवाह गरेको भएपनि २७ दिनमै विष्णु श्रीमानको घरमै मृ त फेला परेकी थिइन् । विष्णुको माइती पक्षले घटना रहस्यम भन्दै छानविनको माग गरेका छन् । यो घटना अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
