गोसाइँकुण्ड मेलामा नसोचेको भयो, थेग्नै हम्मेहम्मे पर्‍यो

Samchar

नुवाकोट – पवित्र तीर्थस्थल गोसाइँकुण्डको मेला सम्पन्न भएको छ । जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले अ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । तीर्थ गर्न आएका तीन यात्रु बिरामी परेकाले उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको र बिरामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

बिरामीको उद्धारका लागि नेपाल प्रहरी तथा नेपाली सेना परिचालन गरिएको थियो। औपचारिकरुपमा मेला स्थगन गरिए पनि नागपञ्चमीदेखि जनैपूणिर्माको दिनसम्म अनौपचारिक रूपले तीन हजार ५०० भक्तजन गोसाइँकुण्ड पुगेको प्रहरीको अनुमान छ ।विशेष मेला समापन भएको बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अनौपचारिक रूपमा आएका सबै यात्रुलाई सुरक्षाका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गर्न लगाइएको जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *