काठमाडौं । एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन पड्किएको छ । एक अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन पड्किँदा उनी घाइते भएको समाचार छ ।घटनाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् ।बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए । तर अचानक खल्तीबाट धुँवा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आगो लाग्यो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
भिडिओ अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार अचानक आगलागी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दुर्घटनामा पर्यो । घटनाबाट उनको दुवै खट्टामा चोट लागेको छ ।टेक्निकल दोस्त नामक युट्युब च्यानलमा ४ जुनका दिन राखिएको भिडिओ अनुसार दिल्लीमा बस्ने ती अटो चालकले प्रयोग गर्ने ओप्पो ए ५३ स्मार्टफोनमा आगलागी भएको हो । भिडिओमा ती व्यक्तिले यस घटनाको बारेमा विस्तृत रुपमा उल्लेख गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****