गोकुल बाँस्कोले भने- ‘हाँडीघोप्टेले निम्तै दिएनन्, नत्र म पनि चन्द्रागिरि जान्थे’

Samchar

नयाँ पार्टी दर्ता प्रस्तावना गरेका माधवकुमार नेपालमाथि व्यंग गर्दै नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफुलाई पनि चन्द्रागिरी जाउँ जाउँ लागेको बताएका छन् ।पार्टी दर्ता प्रक्रियामा रहेका बेला सोमबार नेपाल समूहका केन्द्रीय सदस्य चन्द्रागिरिको रिसोर्टमा भेला भएका छन्।यसबीच व्यंग्य गर्दै बाँस्कोटाले आफूलाई पनि बोलाएको भए जाऊँ जाऊँ लागेको भेनर व्यंग्य गरेका हुन्।चन्द्रागिरिको रिसोर्टमा सोमबार बेलुका माधव नेपाल समूहको भेला भइरहँदा पूर्वमन्त्रीसमेत रहेका केपी ओलीका अति निकट नेता बाँस्कोटाले ट्विट गरेका छन्, ‘मलाई पनि चन्द्रागिरि जाम–जाम लाग्याथ्यो, निम्तै दिएनन्। कस्ता हाँडीघोप्टे रेछन्। बाक्लो दाल खाँदा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाइन्छ। किड्नीलाई राम्रो गर्छ रे।’
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *