गृहमन्त्रीले लिए बाढी, पहिरो र डुवानबारे जानकारी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन् ।गृहमन्त्री खाणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डिआइजीपी)हरूसँग बाढी, पहिरो र डुवानबारे शनिबार बिहान जानकारी लिए ।गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्ट्राई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+