गिरिजा बाबू जस्तो रास्ट्रबादी नेता नेपालमा छैन। – सुबाश नेवाङ्ग

Samchar

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस।
नेपालको राजनीतिक आन्दोलनमा कोइरालाको भूमिका निर्णायक महत्वपूर्ण मानिन्छ। यसै सन्दर्भमा ऋषि धमलाले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन।
कुराकानीका क्रममा अब देशमा के परिवर्तन हुन्छ? एमाले र माओवादीबिच पार्टी एकता प्रक्रिया के भइरहेको छ ? लगायतका समसामयिक विषय पनि उठान गरिएको छ ।

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई कसरी चिन्नुहुन्छ ?
गिरिजाप्रसाद कोइराला निरङ्कुशताविरोधी आन्दोलनका शीर्ष नेता हुन् । देशमा लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्नका लागि संघर्ष गरेका, नेपालमा गणतन्त्र स्थापित गर्नका लागि निरन्तर क्रियाशिल नेताका रुपमा म उहाँलाई स्मरण गर्छु । ६२–६३ को आन्दोलनका शीर्ष नेता पनि गिरिजा नै हुन् । कतिपय अवस्थामा उहाँहरुप्रति भ्रम पनि थिए । तर आन्दोलनका बेला उहाँसँग मैले नजिक हुने मौका पाएँ । उहाँ वास्तवमै देशलाई माया गर्ने नेता हुनुहुन्थ्यो । एक शब्दमा भन्छु, यो देशमा गणतन्त्र स्थापना गर्नका लागि उहाँको भूमिका निर्णायक थियो । हामी कम्युनिष्टहरुले मात्रै गणतन्त्र स्थापना गर्न सक्दैनथ्यौँ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *