कीर्तिमानी फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जीवन कस्तो होला ? उनलाई जान्ने र बुझ्ने जो कोहीको लागि चासोको बिषय हुन सक्छ । गरिब परिवारमा जन्मिएका रोनाल्डोले कलिलो उमेरमा नै फुटबल खेल्न शुरू गरेका थिए । अन्तत उनी विश्वको सबैभन्दा प्रसिद्ध र महंगा खेलाडी बन्न सफल भए ।सबैभन्दा बढी कमाउने खेलाडी : पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् । व्यवसायिक फुटबल खेल्न थालेपछि उनको जीवनमा क्रमिक सुधारका दिनहरु देखिन थाले । म्यानच्यास्टर युनाइटेड क्लबबाट सफलता पाएपछि उनले रियल मड्रिड क्लब जाने निधो गरे । विश्कै सबैभन्दा महँगो खेलाडी बन्दै उनी रियल मड्रिड गए । हाल उनी इटालियन क्लब युभेन्ट्समा आवद्ध रहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
जन्म र नाम : ५ फेब्रुअरी १९८५ मा पोर्चुगलमा जन्मिएका रोनाल्डोको बास्तविक नाम क्रिस्तिआनो रोनाल्दो दस सान्तोस हो । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। उनलाई विश्व फुटबलका महान खेलाडीहरू मध्येका एक मानिन्छ। बुबाले नै कान्छो छोराको नाम जुराएका थिए, रोनाल्डो । हलिउड नायक तथा अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनको नामबाट प्रभावित भएर उनले छोरोको नाम राखिदिएका थिए ।
बाल्यकालको पारिवारिक अवस्था : उनका पिता जोजे डिनिस अभेइरो नगरपालिकामा माली थिए । आमा भने खाना बनाउने काम गर्थिन् । उनका आमा क्यान्सरका रोगी हुन्, जो उपचारपछि सामान्य जीवनयापन गरिरहेकी छन् । खासमा क्रिस्टियानो रोनाल्डो गरिब परिवारमा जन्मिएका हुन् । पोर्चुगलको पहाडी बस्तीमा उनको बाल्यकाल बित्यो । गरिब परिवारमा जन्मिएका रोनाल्डोले सानै उमेरमा पढाइ छाडे । एक दाजु र दुई दिदीका कान्छा भाइ रोनाल्डो सानो छँदा एकै कोठामा कोचिएर सुत्थे ।
फुटबल करियर : १४ वर्षको उमेरमा उनले आमाको कुरा मानेर सम्पूर्ण ध्यान फुटबलमा केन्दि्रत गरे । बुबा चाहन्थे, छोराले पढाइ सकेर रोनाल्ड रेगनजस्तै चर्चित बनोस् । तर, उनको विद्यालय यात्रा सुखद् रहेन । १४ वर्षको उमेरमा उनले आफ्ना शिक्षकमाथि कुर्सी प्रहार गरेका थिए र त्यही कारण विद्यालयबाट निष्कासित पनि भए ।व्यवसायिक खेलाडीको रुपमा स्थापित भइसकेपछि उनले उक्त घटनाबारे बोल्दै भनेका थिए, ‘उहाँले मलाई अनादर गर्नुभयो ।’ हुन त उनी आठ वर्षको उमेरदेखि नै स्थानीय एमेच्योर क्लब एन्डोरिनाबाट फुटबल खेल्न थालेका थिए । ११ वर्षको उमेरमा उनी पोर्चुगलको चर्चित क्लब स्पोर्टिङ लिस्बनको फुटबल एकेडेमीमा प्रवेश गरिसकेका थिए ।रोनाल्डो १६ वर्षको हुँदा उनको डि्रबलिङ -विपक्षीलाई छक्याएर बल अगाडि बढाउने) क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टोलीबाट मुख्य टोलीमा बढुवा गरेका थिए । स्पोर्टिङ र म्यानचेस्टर युनाइटेटबीच सन् २००३ अगस्टमा लिस्बनमा भएको खेलमा युनाइटेड ३-१ ले पराजित हुँदा युनाइटेडका खेलाडीहरु र प्रशिक्षक सर एलेक्स फर्गुसन रोनाल्डोको खेल कौशलबाट प्रभावित भए । यही खेलले रोनाल्डोलाई युनाइटेडमा स्थान्तरण गराउन मुख्य भूमिका खेल्यो । यसरी बढ्दै गएको उनको सफलताको ग्राफले महान फुटबलरको रुपमा स्थापित गरिदियो ।
सफल र धनि खेलाडी : रोनाल्डोले पोर्चुगल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रूपमा युइएफए युरो २०१६ जिताएका थिए। उनी पोर्चुगलका राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन्। पोर्चुगलका राष्ट्रिय फुटबल टोली तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी उनले राष्ट्रिय टिम र बिभिन्न क्लबबाट गरि हालसम्म ७८३ गोल गरिसकेका छन् ।
स्पोस्टिङ्ग सेपेबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशिल समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा दिएर लिग, च्याम्पियन्स लिग लगायत विभिन्न पुरस्कारहरू जितेका छन् भने धेरै किर्तिमानहरू पनि बनाएका छन्। त्यस्तै पुर्तुगालको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पुर्तुगाल, युरोप, र विश्व फुटबलमा विभिन्न किर्तिमानहरू छन्। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमश: सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
