गरिबीको चपे’टामा छन् तर सित्तैमा केही लिँदैनन्

काठमाडौं : सित्तैमा भेट्दा हात थाप्न अघि नसर्ने सायदै हुन्छन् । तर, कोही–कोही यस्ता पनि हुन्छन् जो सित्तैमा केही लिन चाहन्नन्। त्यही मध्येमा पर्छन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ७१ वर्षका रिट्ठे बिश्वकर्मा । आफ न्तको बारीको कान्लामा बाँसको भाटाले बारेको, खरको छाना हालेको सानो झुपडीमा बस्छन् उनी । ढाड बाहिर निस्कँदा कुप्रो परेका रिट्ठे शारीरिकरुपमा अशक्त छन् ।

बिहे गरेको चार वर्षमै श्रीमतीको मृत्यु भएपछि उनी झुपडीमा एक्लो छन् । एक्लो ज्यान, त्यसमाथि शारीरिक अपां’गता । एक्लो मेहनतले उत्पादन भएको अन्नले पाँच/छ महिना धान्न धौ–धौ पर्छ । उनले चोयाबाट चित्रा, फुङगा, चुइयाँ बुनेर आउने आम्दानी जोड जाड गरेर वर्ष कटाउँने गरेका छन् । न राम्रो खाने व्यवस्था न बस्ने ठाउँकै । त्यही पनि उनी आफ्नै जीवनशैली रमाइरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

×☰

ADVERTISEMENT

गरिबीको चपे’टामा छन् तर सित्तैमा केही लिँदैनन्
क्लिक पाटी/ सोमबार, असार ०७, २०७८
165
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing button

काठमाडौं : सित्तैमा भेट्दा हात थाप्न अघि नसर्ने सायदै हुन्छन् । तर, कोही–कोही यस्ता पनि हुन्छन् जो सित्तैमा केही लिन चाहन्नन्। त्यही मध्येमा पर्छन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ७१ वर्षका रिट्ठे बिश्वकर्मा । आफ न्तको बारीको कान्लामा बाँसको भाटाले बारेको, खरको छाना हालेको सानो झुपडीमा बस्छन् उनी । ढाड बाहिर निस्कँदा कुप्रो परेका रिट्ठे शारीरिकरुपमा अशक्त छन् ।

बिहे गरेको चार वर्षमै श्रीमतीको मृत्यु भएपछि उनी झुपडीमा एक्लो छन् । एक्लो ज्यान, त्यसमाथि शारीरिक अपां’गता । एक्लो मेहनतले उत्पादन भएको अन्नले पाँच/छ महिना धान्न धौ–धौ पर्छ । उनले चोयाबाट चित्रा, फुङगा, चुइयाँ बुनेर आउने आम्दानी जोड जाड गरेर वर्ष कटाउँने गरेका छन् । न राम्रो खाने व्यवस्था न बस्ने ठाउँकै । त्यही पनि उनी आफ्नै जीवनशैली रमाइरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

झु’पडीमा अभावै अभाव छ तर अरुले दया गरेर दिएको जुनसुकै चिज ठाडै अस्वीकार गर्छन् । कतिसम्म भने दाजुभाई तथा छरछिमेकमा पुग्दा समेत उनी हमेसा खाना खान मान्दैनन् । खान परे केही न केही काम गरिदिएर मात्र खान्छन् । खाना खान परे कुचो बाट्ने, दाम्लो बाट्ने वा चोया काढ्ने काम गरिदिन्छन् । दया–मायाँमा कसैले पैसा, लुगा, खानेकुरा दिन खोजे भने थाप्दैनन्, बरु रिसाउँछन् ।

यद्यपी, उनी ढोँगी होइनन् । सित्तैमा कसैको केही खान हुन्न भन्ने मान्यतामा उनी सँधै अडिग छन्। सित्तैमा भेट्दा ‘अलकत्रा’ बाँकी नराख्ने आम प्रवृत्तिका बिचमा रिट्ठे अपवाद हुन्। उनी आफ्नो तस्बिर खिच्न पनि जोसुकैको अगाडि तयार हुँदैनन् । शारीरिक रुपमा अशक्त भएकाले उनलाई तत्कालिन गाबिसबाट सामाजिक सुरक्षाभत्ताको व्यवस्था गरियो । तर, त्यो बेला रिट्ठेलाई भत्ता बुझ्नका लागि तयार पार्न तत्कालिन वडाध्यक्ष जगुमान बिश्वकर्मालाई हम्मे–हम्मे पर्‍यो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनले ‘सित्तैमा आएको भत्ता लिन्न’ भनेर अड्डी कसेपछि कतिपय शुभेच्छुक अक्क न बक्क बने। ‘राज्यले नागरिकलाई दिएको सुविधा हो ऋण होईन’ भनेर सम्झाई–बुझाई गरेपछि बल्ल उनी अपां’गताको भत्ताथाप्न तयार भएको स्थानीय एवं जिल्ला समन्वय समिति का सदस्य चर्चबहादुर बिश्वकर्मा बताउँछन् । अहिले फुसको छाना हटाएर जस्ताको छाना हाल्ने अभियान अन्तरगत नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहेको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमले रिट्ठे जस्ता निम्न आर्थिक अवस्थामा परिवारलाई छुटाउने कुरै भएन । तर, जस्ताको छाना हाल्दिने वा नयाँ घर बनाइदिने कुरा गर्दा रिट्ठे ठाडै अस्वीकार गर्छन् । ‘अहँ ! सरकारले बनाको घरमा नबस्ने । गाउँजेले बनाइदिए भने बस्ने ।,’ रिट्ठेले भने, ‘यस्तैमा बस्ने । नचुहिने भए हुन्छ मलाई । ढाल्नेले भएपनि बाक्लो पारेर छाएर नचुहिने भए हुन्छ मलाई ।

राम्रो गतिलो चाहिएन । हिँड्दा खेरी माया नलाग्ने, मरेर जाँदा माया नलाग्ने । बाँचुञ्जेल बस्दा पानी नचुहिने चाहिएको हो मलाई । त्यत्ती हो ।’ रोजगारीका सिलसिलामा कतारमा बसि रहेका युवाले उनको दयनीय अवस्था देखेर सहयोग उठाएर घर बनाइदिने प्रस्ताव पनि राखेका थिए तर उनले इन्कार गरे । छरछिमेकीले बनाइदिएको घरमा मात्र आफू बस्न तयार रहेको उनी बताउँछन् ।

‘म’रेपछि टिन लाको घरमा बस्न पाइँदैन, गएर कहाँ रुझ्दै कुहेर बस्नु पर्छ,’ उनले भने, ‘जलसागर लगेर डढायौं भने कहाँ पुगिन्छ। अनिखेर गतिलो घर बनाएर के गर्नु !’ रिट्ठे सित्तैमा कसैको केही पनि लिन चाहन्नन् । लिन परे केही दिएर मात्र वा फिर्ता गर्ने शर्तमा मात्र लिन तयार हुने उनको स्वभाव छ । नागरिक दैनिकमा दमन राईले लेख्नु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+