प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।उनले आफूले तामझाम गरेर अथवा सम्पर्क कार्यालय खोलेर उम्मेद्धवारी घोषणा गर्नेभन्दापनि जनताकै बीचमा उभिएर घोषणा गरेको सुनाए । उनले भने,‘मैले तपाईँहरुलाई साक्षी राखेर उम्मेद्धवारी घोषणा गरेको छ । मैले यहाँबाट घोषणा गर्दा विगतमा पनि सफलता प्राप्त गरेको छु । आशा छ, यसपटक पनि म सफल हुन्छु ।’थापाले आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको स्पष्ट पारे । उनले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको पनि जनाए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गगन थापाले गरे यति ठुलो घोषणा,
By laxmi
August 30, 2021