गगन थापाकाे प्रश्न- झलनाथ खनालको उपचार खर्च दिने निर्णय कुन कानुनमा छ
पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले राज्यकोषबाट सत्तारुढ पार्टीका नेताको विदेशमा उपचार गर्ने खर्च दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । विदेशमा उपचार गराउँदा जोसुकैलाई पनि राज्यको ढुकुटीबाट खर्च दिन नमिल्ने बताउँदै उनले एमाले नेता झलनाथ खनालको उपचार खर्चबारे प्रश्न उठाएका हुन् ।
शनिबार एक ट्विट गर्दै नेता थापाले सरकार कानुन मिच्नमा उद्य रहेको बताएका छन् । कानुन अनुसार विदेशमा उपचार गराउँदा सरकारले उपचार खर्च दिन मिल्दैन ।
‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन,’ थापाले लेखेका छन्, ‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखेँकाे हुँ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****