गगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा, अरु को-को छन् दावेदार ?

Samchar

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे ।
मंसिर ९–१३ का लागि तय भएको १४ औं महाधिवेशन निर्धारित मितिमै हुने पक्कापक्की जस्तै भएपछि नेताहरुले उम्मेदवारी सार्वजनिक गर्न लागेका हुन् । सभापतिका उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले शुक्रबार तामझामका साथ नयाँबानेश्वरस्थित एक बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका थिए ।कांग्रेसमा सभापतिपछि दोस्रो कार्यकारी पद हो, महामन्त्री । वरियतामा उपसभापति भन्दा तल भए पनि कांग्रेसमा महामन्त्री पद महत्वपूर्ण मानिन्छ । महाधिवेशनको समीकरण प्रष्ट नभएकाले धेरैले उम्मेदवारी घोषणा गरेका छैनन् । तर महामन्त्रीका आकांक्षी नेताहरुको संख्या पनि ठूलै छ ।महामन्त्रीका आकांक्षीमा दोस्रो पुस्ताको बाहुल्य छ । थापा भने तेस्रो पुस्ताका नेता हुन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

संस्थापन समूहमा को को छन् दावेदार ?

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहमा महामन्त्रीका आका‌ंक्षी पाँच नेता छन् । सहमहामन्त्री डा. प्रकाशरण महत स्वाभाविक दावेदार भए । नेविसंघको महामन्त्री भइसकेका उनी २०६० सालदेखि कांग्रेस केन्द्रीय सदस्य छन् ।
अर्का दावेदार बालकृष्ण खाँण हुन् । नेविसंघ र तरुण दल दुवैको नेतृत्व गरेर केन्द्रीय राजनीतिमा आएका उनी संगठनमा बलियो पकड भएका नेतामध्ये एक हुन् । देउवा समूहबाट उनी महामन्त्रीका अर्का बलिया उम्मेदवार मानिन्छन् ।

तर गृहमन्त्रीको जिम्मेवारी दिएर देउवाले महाधिवेशनको टिम व्यवस्थापनमा सहज बनाएको त होइन भन्ने चर्चा संस्थापन समूहमा छ ।महामन्त्रीका अर्का दावेदार ज्ञानेन्द्रबहादुर कार्की हुन्, जसलाई देउवाले आफ्नो सरकारमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पनि बनाएका छन् । देउवा, विमलेन्द्र निधिपछि नेविसंघको अध्यक्ष बनेका उनलाई पनि मन्त्री बनाएर देउवाले टिम व्यवस्थापनमा सहज बनाएको त होइन भन्ने चर्चा छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *