गगनद्वारा एमाले–माओवादीका नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत, सिन्धुलीमा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गगन थापाले सिन्धुली जिल्लाका एमाले–माओवादी केन्द्रका दुई सयभन्दा धेरै युवाहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले काठमाडौंको बत्तीसपुतलीस्थित श्रीखण्ड होटेलमा शनिबार आयोजना गरेको कार्यक्रममा सुनकोसी गाउँपालिकाका एमाले–माओवादी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।सम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार एमाले र माओवादी केन्द्र परित्याग गरेर युवाहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिए ।एमाले र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि सिन्धुली जिल्ला कांग्रेसभित्र खुसीयाली छाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+