खोज, उद्धार तथा राहत कार्यमा सेना परिचालन

Samchar

अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरो गएपछि प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालित गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको जनाइएको छ । जसअनुसार आज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलामा आएको बाढीपछि अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार इलाकालाई प्रभाव पारेको र उक्त बाढीबाट प्रभावित स्थानीयवासीहरुको उद्धार कार्यमा सेना परिचालन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सेनाको टोलीले मेलम्चीको बाढीमा फसेका ३ जना व्यक्तिहरुलाई हेलिकोप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनुका साथै उक्त क्षेत्रमा फसेका तथा विस्थापित अन्य स्थानीयवासीहरुको उद्धार कार्य जारी राखेको पनि जनाइएको छ । त्यसैगरी, मनाङ्गको चामेमा अलपत्र परेका स्थानीय वासिन्दाहरुलाई सुरक्षित स्थानमा लगिएको छ । साथै, बाढीको कारण चामे बजार ईलाका असुरक्षित भएपछि करिब ३०० जना स्थानीय एवं विपद् उद्धारका सामग्रीहरु जिल्ला कारागारको नयाँ भवनमा सारिएको सेनाले जनाएको छ । यसैगरी मंगलबार धादिङको बेनीघाट रोडाङ गाउँपालिका १० स्थित तिङराङ खानी क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग अवरुद्ध भएकामा नेपाली सेनाको टोलीले उक्त पहिरो हटाई यातायात सुचारु गरेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *