खाजा खाएर होटलबाट सँगै निस्किएका जेसीबी चालकले वडाध्यक्षलाई खाल्डो खनेर पुरिदिए..

सर्लाही । सर्लाहीमा जेसिबी चालकको हातबाट एक जनप्रतिनिधिको ज्यान गएको छ । जिल्लाको इश्वरपुर नगरपालिका– ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शक्रवार राती डोजरको बकेटले प्रहार गरी चालक रबिन भनिने हर्कबहादुर तामाङले ज्यान लिएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार वडाध्यक्ष श्रेष्ठ र जेसिबी चालकबीच बिबाद भएको थियो । स्थानीय भक्तिपुरमा पुरानो सार्वजनिक पोखरी खनेर स्तरोन्नती गर्ने काम गर्दै आएका चालक तामाङ र वडाध्यक्ष श्रेष्ठबीच सामान्य भनाभनमा बिबाद सुरु भएको थियो ।राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसीबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक तामाङ तीनै जना घटनास्थल नजिकैको होटलमा सँगै बसेर खाजा खाएका थिए । राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा बिबाद चर्चिएपछि पोखरी खनीरहेको ठाउँमा पुगेपछि चालक तामाङले एक्कासी जेसीबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई बकेटले ठक्कर दिएर लडेपछि त्यही ठाउँमा माटोले पुरेको सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।घटना योजनाबद्ध नभई झगडापछि आवेशमा भएको अनुसन्धानको क्रममा देखिएको एसपी राठौरको भनाई छ । स्थानीयले खबर गरेलगतै घटनास्थल पुगेको प्रहरी टोलीले बेहोस् अवस्थामा भेटिएका वडाध्यक्ष श्रेष्ठलाई उद्दार गरी जिल्ला अस्पताल मलङ्गवा पु¥याएको भएपनि डाक्टरले मृत घोषित गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+