क-कस्ले छाडे माधव नेपालको साथ ? किन बसे ओलीसँगै ?

Samchar

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाले आफूहरु अब माधव नेपालको पक्षमा नरहेको घोषणा गरेका छन् ।नेकपा विभाजनपछि प्रचण्ड–माधव समूह हुँदै पछिल्लो समय एमालेको माधव नेपाल पक्षमा रहेका मेयर श्रेष्ठ र उपमेयर थापाले शनिवार अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा भएको कार्यक्रममा एमालेमै रहने घोषणा गरेका हुन् ।नेकपा एमाले विभाजनसँगै एकीकृत समाजवादीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिलाई अध्यादेशले २१ दिनको समय दिएको छ । महालक्ष्मी नगरपालिकाको लुभुमा आयोजित युवा संघको कार्यक्रममा मेयर श्रेष्ठले आफूहरु एमाले छाडेर माधव नेपालको पार्टीमा नजाने बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *