कोरोना भाइरसको संक्रमणबाट पूर्व राज्यमन्त्री तप्त बिष्टको निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको हो ।नेपाली कांग्रेस सुर्खेतका निवर्तमान पार्टी सभापति तथा पूर्व सञ्चार राज्यमन्त्री समेत रहेका बिष्टलाई यसअघि बुधबार बेलूकी थप उपचारका लागि सुर्खेतबाट हेलिकोप्टरमार्फत काठमाडौँको मेडिसिटी अस्पताल लगिएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि झण्डै १० दिन सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गरेपछि पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई काठमाडौ लगिएको थियो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कोरोना संक्रमित पूर्वराज्यमन्त्री तप्त बिष्टको निधन
By laxmi
June 20, 2021