काठमाडौँ । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको स्वास्थ्य अवस्था गम्भिर देखिएको छ।असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएकी उनी त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा भर्ना भएकी थिइन्।त्यसपछि बुटवलको अस्पतालमा ल्याइएकी उनलाई त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ ल्याइएको छ। हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। कोभिसिल्ड खोप लगाएपछि कमजोर हुँदै गएकी उनका दुबै खुट्टा नचल्ने र शरीर शिथिल अवस्थामा पुगेको हो।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कोरोना खोप लगाएकी मन्त्री पाण्डेको स्वास्थ्य अवस्था गम्भिर
By laxmi
July 29, 2021