महेन्द्रनगर। कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पूर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन। तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ। “डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदूरी गर्न जादैछु”, कञ्चनपुरको पुर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिडेका दिपेन्द्र खड्काले भने, “ यहाँ बसेर कोरोनाबाट त बाच्यौ तर भोकले मर्ने स्थिती बनेपछि मुग्लान जानुको विकल्प रहेन।” कोरोना कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुखःद कुरो भएको बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
“ कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जिविका चलाउने मन थियो”, उनले भने,“ पारिवारिक अवस्था कम्जोर त्यो सम्भव भएन् ।” गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीडभाड रहेपनि अहिले कोरोना कम हुँदा कामका लागि भारतको विभिन्न शहर जाने क्रम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य नै दशकौदेखि भारत नै हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कोरोना कहरका बीच रोजगारीका लागि भारत जाने बढे
By laxmi
June 19, 2021